किन घट्यो राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा, प्रतिशेयर आम्दानी कति ?

शनिबार, ३० साउन २०७८, १५ : ०२

काठमाडौं - नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले सार्वजनिक गरेको छ । 

विवरण अनुसार बैंकले गत आर्थिक वर्ष चौथो त्रैमाससम्ममा ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो ।

बैंकले कोरोना बाट प्रभावित ग्राहकहरूलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण खुद व्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घट्न गएको जनाएको छ ।

आ.व. २०७७/७८ मा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २४ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा ९ अर्ब ४५ करोड पुगेको थियो । साथै कुल सञ्चालन आम्दानी ९ अर्ब ७६ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा १० अर्ब ७० करोड पुगेको थियो । बैंकको सञ्चालन नाफा ५ अर्ब ९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा सञ्चालन नाफा ५ अर्ब ९४ करोड पुगेको थियो । 

यस अवधिमा बैंकको खुद नाफामा कमी आएको भएता पनि बैंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकोले वितरण योग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।

२०७८ आषाढ मसान्तमा बैंकको निक्षेप २ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट। १ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७७/७८ मा बैंकको शेयरधनी कोष ७ अर्ब १५ करोडले वृद्धि भई  ३० अर्ब १८ करोड र कुल सम्पत्ति ४४ अर्ब रुपैयाँले वृद्धि भई ३ खर्ब १० अर्ब पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, ब्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर ३.२४ प्रतिशत तथा प्रतिशेयर आम्दानी रहेको छ ।

शनिबार, ३० साउन २०७८, १५ : ०२

प्रतिक्रिया