हिजो आईपिओ बाँडफाँड भएको सानिमा लाइफको वित्तीय विवरण सार्वजनिक, नाफा कति ?

आइतबार, ३१ साउन २०७८, ०८ : २६

काठमाडौं - हालै आईपिओ जारी गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा २०.३ प्रतिशतले बढेर १० करोड २७ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।  कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा वृद्धि भएको छ ।

समिक्षा अवधीमा कम्पनीको खुद बीमा शुल्क पनि १३३ प्रतिशतले बढेर १ अर्ब ९३ करोड ५४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले ८२ करोड ९३ लाख १३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

सो अवधिसम्ममा कम्पनीले १० करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । हाल चुक्ता पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड ७ लाख रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब १० करोड २० लाख रुपैयाँ र महाविपत्ति कोषमा २ करोड ५५ लाख ५४ हजार रुपैयाँ सन्चित छ । 

कम्पनीले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

कम्पनीको आईपिओ बाँडर्फाट हिजो सनिबारमात्र सम्पन्न भएको हो । मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड  भएको छ । ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।  गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा लक्की नम्बर २ को चिट्ठा परेको छ ।

आइतबार, ३१ साउन २०७८, ०८ : २६

प्रतिक्रिया