युनिलिभर नेपालको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

आइतबार, ३१ साउन २०७८, ०९ : ४७

काठमाडौं - युनिलिभर नेपाल लिमिटेडले ८ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३.२ प्रतिशतले बढेर ५७ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । गतबर्ष कम्पनीको यो आम्दानी ५५ अर्ब ४६ करोड रुपैयामा सिमित थियो ।  

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९२८ रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा कम्पनीको ईपीएस ३८९ रुपैयाँमा सिमित थियो । कम्पनीको प्रतिसेय नेटवर्थ २८२२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनूपात २०.९१ गुणा रहेको छ ।

आइतबार, ३१ साउन २०७८, ०९ : ४७

प्रतिक्रिया