नेशनल मर्चेण्ट बैंकरको साधारण सभा भदौ १२ गते, लाभांश प्रस्ताव कति ?

आइतबार, ३१ साउन २०७८, १० : २९

काठमाडौं, नेशनल मर्चेण्ट बैंकर लिमिटेडको वार्षिक साधारण सभा भदौ १२ गते हुने भएको छ । 

सभा कम्पनीकोआफ्नै कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ। कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

सभाले शेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभाको अन्य प्रस्तावमा विद्यमान सञ्चालक समिति सदस्यहरुको पदावधि सकिएकोले नयाँ सञ्चालक समिति चयन गर्ने, कम्पनीको चुक्तापूँजी वृद्धि गर्नका लागि सञ्चालक समितिले गरेको व्यवस्था अनुरुप समझदारी पत्रको अनुमोदन गर्ने पनि रहेको छ ।   

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

आइतबार, ३१ साउन २०७८, १० : २९

प्रतिक्रिया