सांग्रीला डेभलपमेन्ट बैंकको नाफा साढे ४१ करोड बढी, प्रतिशेयर आम्दानी कति ?

आइतबार, ३१ साउन २०७८, १० : ३६

काठमाडौं, सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।

गत असार मसान्तसम्ममा बैंकले ४१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.१८ प्रतिशत बढी हो। 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.०६ प्रतिशत बढेको छ भने नेट फि तथा कमिशन आम्दानी ३४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १०९.२१ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज २५ करोड ९४ लाख रुपैयाँबाट बढेर २३ करोड २५ रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५ प्रतिशत बढेको छ भने जगेडा कोष ४०.१२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ४८.५७ प्रतिशत र कर्जा ४४.३० प्रतिशत बढेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ९० पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा रहेको छ।

आइतबार, ३१ साउन २०७८, १० : ३६

प्रतिक्रिया