एलआईसी नेपालको खुद बीमाशुल्क करिब १५ प्रतिशतले बढ्यो,प्रतिशेयर आम्दानी र नाफा कति ?

आइतबार, ३१ साउन २०७८, १२ : ५५

काठमाडौं, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार  गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १७ अर्ब ४ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १४.९० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १४ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ६ अर्ब २० करोड ९४ लाख रुपैयाँ, पुनर्बीमा कमिशन बापत १ करोड ४० लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा इन्स्योरेन्सको खुद नाफा पनि ५९.४४ प्रतिशतले बढेर १९ करोड ९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६४ करोड ८७ लाख, जीवन बीमा कोषमा ८१ अर्ब ६ करोड ९९ लाख रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात २७१.१२ गुणा छ।

यस अवधिमा इन्स्योरेन्सले १७ अर्ब १४ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले १८ हजार ९८० वटा दाबी बापत ७ अर्ब ४९ करोड ४४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २५ करोड ७२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

आइतबार, ३१ साउन २०७८, १२ : ५५

प्रतिक्रिया