बैंक अफ काठमाण्डूको नाफा १ अर्ब ५३ करोड,  प्रतिशेयर आम्दानी कति ?

आइतबार, ३१ साउन २०७८, १४ : ४२

काठमाडौं - बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको नाफा ५ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा बैंकले कुल १ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो वर्षको तुलनामा ५.१५ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ११ प्रतिशतले घटेको छ तर फि कमिसनमार्फत हुने आम्दानी बढ्दा र इम्पेरिमेन्ट चार्ज घट्दा बैंकको नाफा बढेको हो ।

बैंकले समीक्ष अवधिमा पूँजी १३ प्रतिशतले बढाएको छ । पूँजी बढाए अनुसार नाफा बढाउन नसक्दा उसको प्रतिशेयर आम्दानी १७ रुपैयाँबाट घटेर १५ रुपैयाँमा झरेको छ ।

आइतबार, ३१ साउन २०७८, १४ : ४२

प्रतिक्रिया