काठमाडौं,आइतबार मेगा बैंक नेपाल लिमिटेडले ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।
मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो ।
हाल बैंकका देशभर १९० शाखा कार्यालयहरु रहेका छन् भने थप ४ वटा शाखाहरु सञ्चालनमा आउने तयारीमा रहेका छन् ।
प्रतिक्रिया