ग्रामीण विकासको वित्तीय विवरण सार्वजनिक, नाफा र प्रतिशेयर आम्दानी कति ?

आइतबार, ३१ साउन २०७८, १५ : ५१

काठमाडौं, ग्रामीण विकास लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सर्वाजनिक गरेको छ।

लघुवित्त ५ करोड ३३ लाख रुपैयाँ ऋणात्मकबाट ३५ करोड ९५ लाख रुपैयाँ धनात्मक भएको हो। लघुवित्तको ब्याज आम्दानीसँगै सञ्चालन मुनाफामा वृद्धि हुँदा नाफामा उच्च बढोत्तरी भएको हो।

यस अवधिसम्ममा तीन अर्ब ७९ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ७ अर्ब ८ करोड ७४ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर १२ अर्ब ६६ करोड ७४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

समीक्षा अवधिसम्ममा लघुवित्तले एक अर्ब २३ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २०.२८ प्रतिशतले धेरै हो। त्यसैगरी लघुवित्तको सञ्चालन मुनाफामा समेत २५ करोड २७ लाख रुपैयाँ नोक्सानीबाट ४० करोड १२ लाख रुपैयाँले नाफा तर्फ उन्मुख भएको छ।

लघुवित्तको निष्कृय कर्जा अनुपातमा सुधार भएको देखिन्छ। अघिल्लो आर्थिक वर्षमा ५।१९ प्रतिशत निष्कृय कर्जा अनुपात रहेको लघुवित्तको यस अवधिमा ३.३५ प्रतिशतमा झरेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ७८ पैसा छ।

आइतबार, ३१ साउन २०७८, १५ : ५१

प्रतिक्रिया