प्रतिशेयर आम्दानी रु २३.९२ रहेको मुक्तिनाथ विकास बैंकको नाफा ६३ %ले बढ्यो, कर्जा प्रवाह कति ?

आइतबार, ३१ साउन २०७८, १६ : १८

काठमाडौं,  मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्षमा १ अर्ब १५ करोड खुद नाफा गरेको छ । बैंकको नाफा अघिल्लो आवको तुलनामा करिब ६३ प्रतिशत बढी हो ।

अघिल्लो वर्ष बैंकले ७० करोड ७४ लाख खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।

बैंकको वितरण योग्य नाफा ८६ करोड छ । अघिल्लो वर्ष यस्तो नाफा ४७ करोड ३३ लाख थियो । ४ अर्ब ८१ करोड चुक्तापूँजी रहेकोे बैंकको जगेडा कोषमा झण्डै २ अर्ब रुपैयाँ छ । बैंकको चुक्ता पूँजी ११.२५ प्रतिशत तथा जगेडा कोष ३३।६८ प्रतिशतले बढेको हो।

बैंकको निक्षेप संकलन ५१.६३ प्रतिशत बढेर ८६ अर्ब ९० करोड पुग्दा कर्जा प्रवाह ५२.९५ प्रतिशतले बढेर ७२ अर्ब ८९ करोड पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५१.६३ प्रतिशत र कर्जा ५२।९५ प्रतिशत बढेको हो।

बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५६ पैसा बढेर २३.९२ रुपैयाँ कायम भएको छ । प्रतिशेयर नेटवर्थ १४१.४९ रुपैयाँ कायम रहेको बैंकको मूल्य आम्दानी अनुपात २७.४७ गुणा छ ।

आइतबार, ३१ साउन २०७८, १६ : १८

प्रतिक्रिया