काठमाडौं, स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षमा खुद नाफा २९.४९ प्रतिशतले घटेर १ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले १ अर्ब ९८ करोड रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा पनि २२.६९ प्रतिशतले घटेर १ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा तल झरेको हो ।
बैंकको खुद ब्याज आम्दानी २४.८६ प्रतिशत र सञ्चालन नाफा २८.६५ प्रतिशतले घटेको छ । बैंकको निक्षेप संकलन ११.०९ प्रतिशतले घट्दा कर्जा लगानी १५.७५ प्रतिशतले बढेको छ । यसको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४१ पैसाले घटेर वार्षिक १६ रुपैयाँ ३५ पैसामा झरेको छ । यसको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २७ पैसा छ ।
प्रतिक्रिया