काठमाडौं - सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले गत असार मसान्तसम्ममा बैंकले ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.७७ प्रतिशत कम हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो । उक्त अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५९ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.२९ प्रतिशत घटेको छ भने नेट फि तथा कमिशन आम्दानी ५१.९६ प्रतिशत बढेको छ । खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ ।
त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा १४.९० प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २६ पैसा घटेर ८ रुपैयाँ ३० पैसामा झरेको छ ।
उक्त अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.०५ गुणा रहेको छ ।
प्रतिक्रिया