नेको इन्स्योरेन्सको नाफा १५.५० प्रतिशत वृद्धि हुँदा सिद्धार्थ इन्स्योरेन्सको ०.७१ प्रतिशत, बीमा शुल्क कति ?

सोमबार, ३२ साउन २०७८, ०८ : १७

काठमाडौं - नेको इन्स्योरेन्स कम्पनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा ०.७१ प्रतिशतले बढेर ३० करोड २३ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ३० करोड २ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि १६.४८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि सम्ममा कम्पनीले यस्तो मुनाफा २ अर्ब ७ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७० करोड ५ लाख ८३ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र महाबिपत्ति कोषमा ७ करोड ५ लाख ५१ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ०४ पैसा छ गत बर्षको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५३ पैसा थियो । प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ ३४ पैसा रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ३२.८५ गुणा रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा ०.७१ प्रतिशतले बढेर ३० करोड २३ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ३० करोड २ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि १६.५४ प्रतिशतले बढेर २ अर्ब ३३ करोड ९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि सम्ममा कम्पनीले यस्तो मुनाफा २ अर्ब १ लाख रुपैयाँ आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३३ करोड ७ लाख ३३ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको बीमा कोषमा ९८ करोड ९१ लाख रुपैयाँ र महाबिपत्ति कोषमा ७ करोड ४२ लाख ४ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २७ रुपैयाँ छ गत बर्षको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३० रुपैयाँ २ पैसा थियो । प्रतिसेयर नेटवर्थ २२४ रुपैयाँ ४७ पैसा रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ३९.१९ गुणा रहेको छ ।

सोमबार, ३२ साउन २०७८, ०८ : १७

प्रतिक्रिया