नेपाल इन्स्योरेन्सको नाफा ३४ करोड ८७ लाख बढि, प्रतिसेयर आम्दानी कति ?

सोमबार, ३२ साउन २०७८, ०९ : ०४

काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा ३२.९९ प्रतिशतले बढेर ३४ करोड ८७ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २६ करोड २२ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि ७.५८ प्रतिशतले बढेर १ अर्ब २७ करोड ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि सम्ममा कम्पनीले यस्तो आम्दानी १ अर्ब १८ करोड ६ लाख रुपैयाँ थियो ।

हाल चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको कम्पनीको जडेडा कोषमा ४२ करोड ६ लाख रुपैया जम्मा छ । त्यस्तै कम्पनीको बीमा कोषमा ५९ करोड ५७ लाख ३१ हजार रुपैयाँ सन्चित छ भने महाविपत्ति कोषमा कुनै पनि रकम देखिदैन । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २८ रुपैयाँ ७ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८१ पैसा रहेको छ ।

सोमबार, ३२ साउन २०७८, ०९ : ०४

प्रतिक्रिया