सनराइज बैंकको नाफामा सामान्य सुधार, कमिशन आम्दानी कति ?

सोमबार, ३२ साउन २०७८, ०९ : ५१

काठमाडौं - सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा सामान्य सुधार भएको देखिन्छ ।

गत असार मसान्तसम्ममा बैंकले एक अर्ब ५८ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.३९ प्रतिशत बढी हो ।

खुद ब्याज आम्दानी घटेतापनि सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब ३५ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

उक्त अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६० करोड १५ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८।७७ प्रतिशतले घटेको छ भने नेट फि तथा कमिशन आम्दानी ११.८३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा १८.९१ प्रतिशत बढेको छ ।

सोमबार, ३२ साउन २०७८, ०९ : ५१

प्रतिक्रिया