नबिल बैंकको ऋणपत्र बाँडफाँट भएको छ । ऋणपत्र विक्री प्रवन्धक हिमालयन क्यापिटल लिमिटेडले आइतवार बाँडफाँट गरेको हो ।
कम्पनीले ८ प्रतिशत व्याजदरको ७ वर्षे ऋणपत्र निष्कासन गरेको हो ।
कम्पनीले साउन १० गतेदेखि साउन २४ गतेसम्म प्रतिकित्ता १ हजार अंकित दरका ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
कम्पनीले कुल ३० लाख कित्तामध्ये १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरेको छ भने बाँकी १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको हो । सर्वसाधारणका लागि विक्री गर्ने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
प्रतिक्रिया