यूनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

सोमबार, ३२ साउन २०७८, ११ : ५०

काठमाडौं - यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको २७औं वार्षिक साधारण सम्पन्न भएको छ । सभा भर्चुअल माध्यम मार्फत आज सम्पन्न भएको हो । 

सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको छ । साथै कम्पनीको आ. व. ०७७/७८ को आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरणको बारेमा संक्षिप्‍त जानकारी पनि दिइएको छ । 

कम्पनीले आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्न शेयर धनीहरूबाट कम्पनीको व्यवस्थापनलाई सुझाव प्रदान गरिएको छ । साथै व्यवस्थापनबाट सोही बमोजिम कार्य गरिने प्रतिवद्धता व्यक्त गरिएको छ । 

 

सोमबार, ३२ साउन २०७८, ११ : ५०

प्रतिक्रिया