अपि पावरको नाफा १६ प्रतिशतले वृद्धि, विद्युत आम्दानी र प्रतिशेयर आम्दानी कति ?

सोमबार, ३२ साउन २०७८, १३ : १७

काठमाडौं, अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १६.०२७ प्रतिशतले बढेर १२ करोड ६० लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १० करोड ८६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १३.२० प्रतिशत बढेर ३६ करोड ७२ लाख ८८ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट ३२ करोड ४४ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४७ करोड ५१ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २७ करोड ९९ लाख ४३ हजार रुपैयाँ सञ्चित छ ।

त्यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी गतबर्षको तुलनामा ४ रुपैयाँ ४ पैसा घटेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ३१ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ७९.१२ गुणा रहेको छ ।

सोमबार, ३२ साउन २०७८, १३ : १७

प्रतिक्रिया