युनाइटेड इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ?

सोमबार, ३२ साउन २०७८, १४ : ३०

काठमाडौं, युनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षमा ७ करोड ५२ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले अघिल्लो आवमा १ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले अघिल्लो वर्षको तुलनामा ३३०.३८५५ प्रतिशतले बढ्यो नाफा बढाएको हो ।

यस्तै, समीक्षा अवधीसम्म कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्ष ६९ करोड ८९ लाख रहेको थियो । कुल १ अर्ब २ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ६ लाख रुपैयाँ, बीमा कोषमा ३३ करोड ३७ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा, प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा, पिई रेसियो ९७.९५ गुणा, प्रतिसेयर कुल सम्पत्ति २५९ रुपैयाँ ५८ पैसा रहेको छ ।

कम्पनीले गत आवमा लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ६ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ४ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले कुल ४८ करोड ७४ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ भने ९३ करोड ३१ लाख रुपैयाँ दावी भुक्तानी हुन बाँकी रहेको जनाएको छ । कम्पनीले अभिकर्ता कमिसन वापत २ करोड १९ लाख रुपैयाँ खर्च गरेको पनि जनाएको छ ।

सोमबार, ३२ साउन २०७८, १४ : ३०

प्रतिक्रिया