काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ ।
संस्थाको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेको नगद लाभांश नलिएका सेयरधनीहरुलाई ३० दिनभित्र लाभांश लिन अनुरोध गरेको हो ।
सेयरधनीहरुले संस्थाको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् ।
प्रतिक्रिया