सेन्ट्रल फाइनान्सको नाफा २६ प्रतिशत बढ्दा ब्याज आम्दानी १० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

सोमबार, ३२ साउन २०७८, १६ : २९

काठमाडौं, सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको  वित्तिय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सले कुल १० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो वर्षको तुलनामा २६.४९ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष फाइनान्सले ८ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो।

फाइनान्सको नाफा बढेपनि उसको खुद ब्याज आम्दानी भने १० प्रतिशतले घटेको छ। फाइनान्सको फि कमिशनमार्फत हुने आम्दानी लगायत आम्दानी बढ्दा उसको नाफा बढेको हो। फाइनान्सको इम्पेरिमेन्ट चार्ज घट्दा समेत उसको नाफा बढ्न सहयोग पुगेको छ।

हाल ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा २१ करोड ४७ लाख रुपैयाँरहेको छ।

फाइनान्सको निक्षेप संकलन २२ प्रतिशतले बढेर ५ अर्ब ५१ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १९ प्रतिशतले बढेर ४ अर्ब १३ करोड २४ लाख रुपैयाँ पुगेको छ।

फाइनान्सको प्रतिशेयर आम्दानी २ रुपैयाँले बढेर १३ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ छ।

सोमबार, ३२ साउन २०७८, १६ : २९

प्रतिक्रिया