जनउत्थान सामुदायिक लघुवित्तको नाफा ५ करोड माथि,प्रतिशेयर आम्दानी २८.२७ रुपैंया हुदाँ अन्य अवस्था कस्तो ?

सोमबार, ३२ साउन २०७८, १७ : १६

काठमाडौं, जनउत्थान सामुदायिक लघुवित्तले वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार लघुवित्तले गत असार मसान्तसम्ममा लघुवित्तले ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३७.६२ प्रतिशत बढी हो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै सम्भावित जोखिम व्यवस्थापन मार्फत रकम फिर्ता हुँदा खुद नाफा बढेको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले दुई करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तले १५ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.९५ प्रतिशत बढेको हो। त्यसैगरी लघुवित्तको सञ्चालन मुनाफा ५ करोड छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४९.४० प्रतिशत बढेको छ भने जगेडा कोष ३२.१८ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ४३.१६ प्रतिशत, निक्षेप २७.०५ प्रतिशत र कर्जा ३१.३९ प्रतिशत बढेको छ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी समेत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २८ रुपैयाँ २७ पैसाबाट बढेर ४४ रुपैयाँ ९६ पैसा पुगेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ७५.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२४ रुपैयाँ ५९ पैसा रहेको छ।

सोमबार, ३२ साउन २०७८, १७ : १६

प्रतिक्रिया