सातौ ठूलो शेयर बजारमा भारत उक्लियो, जर्मनीको हिस्सा कमजोर

५ बर्ष अगाडि

काठमाडौं – विश्वको ७ औ. ठूलो शेयर बजारको रुपमा भारत अगाडि आएको छ । पछिल्लो पटक भारतले जर्मनीको शेयर बजारलाई पछाडि पारेर ७ औ. स्थानमा उक्लेको हो । जर्मनीको बजार हिस्साका आधारमा अब ८ औं स्थानमा रहनेछ ।

पछिल्लो ७ वर्षमा यूरोपाको सबैभन्दा ठूलो शेयर बजारलाई पछाडि पारेको हो । शेयर बजारमा अब यूरोपेली देशलाई नेतृत्व गर्ने देशमा फ्रान्स रहनेछ । ब्लूमवर्गकाअनुसार पछिल्लो पटक विश्व भरका शेयर लगानीकर्ता समेत भारतमा ओइरिएका छन् ।

आगामी वर्ष यूरोपेली संघबाट बेलायत समेत बाहिरिने भएको छ । अब यूरोपेली संघको नेतृत्वकर्ताका रुपमा फ्रान्स रहनेछ । यस्तै बेलायतसँग पनि अन्य केही देशको गतिरोध रहेका कारण ब्रिटेनको हिस्सा समेत खोसिने सम्भावना रहेको ब्लूमवर्गको पछिल्लो रिपोर्टमा उल्लेख छ ।

कारोबारमा आधारमा विश्वका टप १० शेयर मार्केटमा पहिलोमा न्यूयोर्क स्टक एक्सचेञ्ज रहेको छ । यस्तै दोस्रोमा एनएएसडिएक्यू रहेको छ । तेस्रोमा टोक्यो स्टक एक्सचेञ्ज रहेको छ । त्यस्तै चौथोमा सांघाई स्टक एक्सचेञ्ज, पाँचौंमा हङकङ स्टक एक्सचेञ्ज, छैटौमा लण्डन स्टक एक्सचेञ्ज छ भने सातौमा भारतको मुम्बई स्टक एक्सचेञ्ज रहेका छन् ।

ब्लूमवर्गकाअनुसार  मार्केट क्यापिटलाइजेनशका आधारमा अमेरिकाको २७.०७ ट्रिलियन रहेको छ । यस्तै चीनको ५.४६, जापानको ५.४१, हङकङको ४.८१, बेलायतको ३.०८, फ्रान्सको २.२३, भारतको २.०८ र जर्मनीको १.९७ ट्रिलियन रहेको छ ।   

५ बर्ष अगाडि

प्रतिक्रिया