अपर तामाकोशी हाइड्रोपावरले बोलायो दुई आर्थिक वर्षको साधारण सभा, कहिले ?

२ बर्ष अगाडि

काठमाडौं - अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक बोलाएको हो । 

कम्पनीको बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा असोज १९ गते नेपाल विद्युत प्राधिकरण, दरबारमार्गमा बिहान ११ः३० बजे हुने भएको छ । उक्त सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

सभाले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिनन सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयअनुसार आर्थिक वर्ष २०७५र७६ र २०७६र७७ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्नेछ । 

यसका साथै, दुबै आर्थिक वर्षको नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया