एसबीआई बैंकमा व्यवस्थापन र कर्मचारीको लडाई, सामाजिक सुरक्षा कोषमा जोडिएकोमा बिरोध

२ बर्ष अगाडि

काठमाडौं । सामाजिक सुरक्षा कोषमा रकम पठाएको भन्दै नेपाल एसबिआई बैंकका कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलनमा उत्रेका छन् । 

कर्मचारीको सहमति बिना बैंक व्यवस्थापनले जबरजस्ती सामाजिक सुरक्षा कोषमा आवद्ध गराइ योगदान रकम पठाएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् । 

आफूहरुलाई सामाजिक सुरक्षा कोषमा जोडिन अनिवार्य गर्न नहुने भन्दै बैंकिङ क्षेत्रका कर्मचारीको तर्फबाट   अदालतमा मुद्दा समेत चलिरहेको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै अर्को आदेश नहुँदासम्म कोषमा अनिवार्य आवद्ध गर्नु नपर्ने भनेपनि गत असार मसान्तमा व्यवस्थापनले कोषमा सबै कर्मचारीहरुका योगदान रकम पठाएको थियो ।  

पहिला कर्मचारी संचयकोषमा आवद्ध भएकोमा बैंक व्यवस्थापनले अहिले सामाजिक सुरक्षा कोषमा योगदानको रकम पठाएको छ ।  तर कर्मचारी सञ्चय कोष बापतको रकम बैंकमा नै होल्ड गरेर राखेको छ । त्यसकै बिरुद्धमा असो ५ गतेदेखि ८ गतेसम्म आन्दोनल गर्ने आन्दोलनरत कर्मचारीहरुले जनाएका छन् । 

बैंकका कर्मचारीले गाँउ पालिकामा कार्यरत कर्मचारीलाई २७ महिनासम्म सरुवा नगरेको, सेवा सुविधा घटाएको लगायतका आरोप समेत बैंक व्यवस्थापनलाई लगाएका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया