अब क्रेडिट र प्रिपेड कार्डको सुविधा विकास बैंक र वित्त कम्पनीमा पनि

२ बर्ष अगाडि

नेपाल राष्ट्रबैंकले विकास बैंक र वित्त कम्पनीहरुलाई पनि पनि क्रेडिट कार्ड र प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८’ जारी गर्दै विकास बैंक र वित्त कम्पनीहरुलाई सो सुविधा दिएको हो ।

यस अघि क्रेडिट कार्ड र प्रिपेड कार्ड जारी गर्न वाणिज्य बैंकहरुले मात्र पाउँथे ।  

राष्ट्र बैंकका अनुसार अनुमतिपत्रप्राप्त “क” तथा राष्ट्रियस्तरका “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतका विद्युतीय भुक्तानी कार्ड जारी गर्न सक्नेछन् ।

तर प्रिपेड कार्ड जारी गर्दा भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्थाले मात्र स्वदेशभित्र सञ्चालन हुने गरी स्वदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न पाउने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

अन्य वित्तीय संस्थाहरुले भने क्रेडिट कार्ड बाहेकका विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न पाउने छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया