अब संस्थाका संस्थापकहरुले एक आपसमा शेयर खरिद बिक्री गर्न पाउने

२ बर्ष अगाडि

काठमाडौं - भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाका संस्थापकहरुले एक आपसमा शेयर खरिद बिक्री गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले कम्पनी स्थापना भएको ५ वर्षसम्म शेयर कारोबार गर्न नपाइने भएपछि संस्थापकहरु विच नै भने हुन सक्ने व्यवस्था गरेको हो ।

मंगलबार नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी एकिकृत निर्देशन मार्फत जारी गरेको भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाका लागि संस्थागत शुसासन अनुसार संस्थापकै विच भने शेयर कारोबार हुन सक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले संस्थापक शेयरको खरिदरबिक्री वा नामसारी गर्नु पूर्व यस बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

तर, अनुमतिपत्रप्राप्त गर्दाका कायम रहेका संस्थापक शेयरधनीहरुबीच एक आपसमा खरिद बिक्री गर्न सक्ने व्यवस्था केन्द्रीय बै।कले गरेको हो । संस्थापक शेयर लिएका व्यक्तिहरुको मृत्यु भएमा वा प्रचलित कानुन बमोजिम पारिवारिक अंशबन्डा भएमा प्रचलित कानुनको रित पु¥याई निजहरुको हकदार वा निजहरुले इच्छाएको व्यक्तिको नाममा नामसारी गर्न गर्नु पर्नेछ । 

यसरी नामसारी गरीएको शेयरको विवरण १५ दिनभित्र यस बैंकलाई जानकारी दिनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया