लगानीकर्ताको मागप्रति सेबोन सकारात्मक, आज निर्णायक वार्ता हुने

२ बर्ष अगाडि

काठमाडौं - आन्दोलरत लगानीकर्ताहरुको मागप्रति नेपाल धितोपत्र बोर्ड सकारात्मक देखिएको छ । 

बोर्डका कामू प्रमुख निरज गिरीले बोर्ड लगानीकर्ताको माग प्रति सकारात्मक रहेको र आज बोर्डमा छलफल गरी निर्णायक वार्ता गर्ने बताए । गिरीले सवै मागहरु बोर्डसँगमात्र सम्बन्धि नभएकाले अन्य मागहरुको विषयमा पनि सम्बन्धित निकायमा पत्रचार गर्ने प्रतिवद्धता जनाएका छन् । 

आज आन्दोलतरत लगानीकर्ता र बोर्डका बीचमा दिउँसो करिव ३:३० बजे निर्णायक वार्ता गर्ने गरी मंगलबारको आन्दोलनका कार्यक्रम स्थगित गरिएको पुँजी बजार संघर्ष समितिका मिडिया प्रमुख रोहन कार्कीले जानकारी दिएका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया