अरुण भ्यालीको साधारण सभा आज, १०.५२६ प्रतिशत लाभांश पारित गर्दै

२ बर्ष अगाडि

काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ । 

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौबिसौँ वार्षिक साधारण सभा होटल ल्याण्डमार्क दरबारमार्ग, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ ।

कम्पनीले हालको कोभिड-१९ को जोखिम कायमै रहेको कारणले नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण पालना गरी सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिका कारण शेयरधनीहरूलाई भर्चुअल माध्यमबाट उपस्थितीको लागि आग्रह गरेको छ ।

कम्पनीको भदौ ३१ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यो लाभांश आजको सभामा पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १:०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घोषणा पनि गरेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया