सानिमा माई हाइड्रोपावरको साधारण सभा कात्तिक ११ गते, लाभांश र बोनस कति ?

२ बर्ष अगाडि

काठमाडौं - सानिमा माई हाइड्रोपावरले कात्तिक ११ गते साधारण सभा बोलाएको छ । 

सभा सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा हुनेछ । साथमा एकैसाथ भर्चुअल माध्यमबाट पनि सभा चल्नेछ । सभा बिहान ११ बजे सुरु हुनेछ । 

यसआधारमा असोज १७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । सानिमा माईले सभामा १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाँदैछ । 

यसले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिन लागेको हो । साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । 

लगानीकर्ताले भर्चुअल माध्यम वा भौतिक रुपमा पनि सहभागी हुन सक्नेछन् । सभा प्रयोजनका लागि असोज १८ गते बुक क्लोज गरिएको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया