बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुग्यो, २६ बेपत्ता, २२ जना घाइते

२ बर्ष अगाडि

चारदिनदेखि लगातार परेको वर्षापछिको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । विपद्का कारण पाँचथर, इलाम, डोटी, धनकुटा, हुम्ला, बैतडी, बझाङ्ग, सुनसरी, उदयपुर, कालीकोट, डडेल्धुरा, प्युठान, सोलुखुम्बु र मोरङमा गरी ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । 

२६ जना बेपत्ता भएका छन् भने २२ जना  घाइते  भएका छन् ।  

पहिरोका कारण पाँचथरमा सबैभन्दा बढी मानवीय क्षति  भएको छ । पाँचथरमा पहिरोमा परी  २४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

गृहमन्त्रालयका अनुसार इलमामा १३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । इलाममा अझै ३ जना बेपत्ता छन् ।

डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको र ५ जना घाइते भएको गृहले जनाएको छ । 

यस्तै पहिरोमा परी धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।

यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २(२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एकरएक जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५र५, बैतडी र इलाममा २र२, कालीकोट र डडेलधुरामा एकरएक जना घाइते भएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया