सरकारी बसपार्कका ५० ठाउँमा चार्जिङ स्टेशन राख्ने काम सुरु

२ बर्ष अगाडि

काठमाडौं - विद्युतीय सवारी साधानका लागि धेरैजसो बसपार्कमा चार्जिङ स्टेशन निर्माणका लागि धमाधम काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले धेरैजसो बसपार्कमा चार्जिङ स्टेशन निर्माणका लागि काम सुरु गरेको हो ।

बिभिन्न ठाउँका सरकारी बसपार्कका ५० ठाउँमा चार्जिङ स्टेशन राख्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्याकालगायत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चार्जिङ स्टेशन राख्ने कार्यक्रम प्राधिकरणको छ ।

चार्जिङ स्टेशनका लागि हरेक ठाउँमा पर्याप्त मात्रमा जग्गा भने हुनु पर्ने छ । चार्जिङ स्टेशनसम्म बिजुलीको तार तान्नु पर्ने, ट्रान्सफर्मर ५० वटै ठाउँमा राख्नु पर्ने, ५० ठाउँमै चार्जिङ मेसिन ल्याउनु पर्ने समस्या चुनौती भने प्राधिकरणलाई छ ।

प्राधिकरणले ठूला शहर तथा राजमार्ग छेउछाउमा एक वर्षअघिदेखि नै ५० चार्जिङ स्टेशन निर्माण गर्ने योजना अघि सारेको थियो । बिजुलीबाट चल्ने सवारी साधानलाई प्रोत्साहन गर्न प्राधिकरणले यस्तो योजना अगाडि सारेको हो ।

एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा चार्जिङ स्टेशन निर्माण गर्ने घोषणा प्राधिकरणले यसअघि नै गरेको थियो ।

प्राधिकरणले आन्तरिक बिजुलीको खपत बढाउने भन्दै चार्जिङ स्टेशन निर्माण गर्ने योजना अघि सारेको थियो । काठमाडौं उपत्यकामा २५ र उपत्यकाबाहिर बाँकी २५ ओटा चार्जिङ स्टेशन निर्माण गर्ने प्राधिकरणले बताएको छ । ६ महिना भित्रै ५० ओटै चार्जिङ स्टेशन निर्माण सक्ने प्राधिकरणको भनाइ छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया