भारतीय शेयर बजारमा लगातार उच्च वृद्धि

२ बर्ष अगाडि

काठमाडौं- भारतीय शेयर बजारमा लगातार उच्च वृद्धि भएको छ । बुधबार भारतका प्रमुख शेयर बजार सूचक  ‘बीएसइ सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवैमा उच्च सुधार भएको हो । बुधबार बीएसइ सेन्सेक्स ५८,६४९.६८ विन्दुमा बन्द भएको छ । सेन्सेक्स १,०१६.०३ अंक अर्थात १.७६ प्रतिशतले वृद्धि भएको हो । मंगलबार पनि सेन्सेक्स करिब ९०० अंकले बढेको थियो ।
 
यस्तै, भारतको अर्को शेयर बजार सूचक ‘निफ्टी ५०’ पनि बुधबार १७,४६९.७५ विन्दुमा बन्द भएको छ । निफ्टी सूचक १.७१ प्रतिशत अर्थात २९३.०५ अंकले बढेको हो । निफ्टी मंगलबार पनि १.५६ प्रतिशतले बढेको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया