बरुण हाईड्रोपावरले बोलायो साधारण सभा, कहिले ?

सोमबार, ०५ पुस २०७८, १२ : ५१

काठमाडौं - बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको पौष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा पौष २९ गते कम्पनीको केन्द्रिय कार्यलय, अनामनगर काठमाण्डौंमा हुने भएको छ ।

सभा बिहान १० बजेदेखि सुरू हुनेछ । कोरोना महामारीको जोखिम कायम नै रहेको हुनाले सभा अनलाइन (भर्चुअल) प्रविधि मार्फत हुने भएको छ । 

सोमबार, ०५ पुस २०७८, १२ : ५१

प्रतिक्रिया