भोलिबाट लागू हुनेगरि नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

२ बर्ष अगाडि

काठमाडौं - नबिल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । 

नबिल बैंक लिमिटेड
नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (माघ १ गते) देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । उक्त ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ८.०५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको ब्याज व्यक्तिगत तर्फ अधिकतम ११.०५ प्रतिशतसम्म तोकिएको छ ।

यस्तै, संस्थागत तर्फ बैंकको मुद्दती निक्षेपको ब्याज अधिकतम ९.१५ प्रतिशतसम्म तोकिएको छ । बैंकले विभिन्न कर्जा न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने भएको छ । त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ६.११ प्रतिशत रहेको छ । 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि (माघ १ गते) देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । उक्त ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ८.०५ प्रतिशतसम्म ब्याज दिनेछ ।  बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम ९.०५ प्रतिशतदेखि अधिकतम ११.०५ प्रतिशतसम्म तोकिएको छ । 

बैंकले ब्याजको आधार दर थप गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकको ब्याजको आधार दर ६.१२ प्रतिशत कायम गरेको छ । त्यस्तै बैंकले प्राकृतिक व्यक्तिको आवधिक कर्जाका लागि स्थिर ब्याजदर समेत सार्वजनिक गरेको छ । जसअनुसार यस प्रकारको व्यक्तिगत कर्जामा न्यूनतम ९.५० प्रतिशतदेखि अधिकतम १३ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया