बैंकहरूले बढाएनन् निक्षेपको ब्याजदर

२ बर्ष अगाडि

काठमाडौं - बैंकहरूले विभिन्न खातामा आजबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका ब्याजदर हेर्दा माघ महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छैनन् । 

प्रकाशित ब्याजदर अनुसार वाणिज्य बैंकहरुले मुद्दति निक्षेपतर्फ ३ महिनाभन्दा बढी अवधिको लागि व्यक्तिगतमा अधिकतम १०।०५ प्रतिशतसम्म र संस्थागतमा ९.०५ प्रतिशतसम्मको ब्याजदरलाई नै निरन्तरता दिएका छन् । 

बैंकर्स संघको सहमति अनुसार बैंकहरूले यसअघि पौष महिनामा पनि मंसिर महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका थिए । बैंकहरूले अहिले पनि ब्याजदर यथावत राखेका हुन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया