सोमबार २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

आइतबार, ०२ माघ २०७८, १२ : २६

काठमाडौं- नेपाल राष्ट्र बैंकले भोलि माघ ३ गते २० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले माघ ४ गतेबाट जारी गर्न लागेको ९१ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। यो ट्रेजरी बिल आउँदो २०७९ वैशाख ६ गते परिपक्व हुनेछ। 

यो ट्रेजरी बिलको भोलि दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। 

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

आइतबार, ०२ माघ २०७८, १२ : २६

प्रतिक्रिया