प्रतिशेयर आम्दानी घटेपनि ग्लोबल आइएमई लघुवित्तको नाफा भने बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

२ बर्ष अगाडि

काठमाडौं, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले १४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.२५ प्रतिशत बढेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५५.९९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १३.१२ प्रतिशत बढेको छ। १.९५ प्रतिशत निष्क्रिय कर्जा रहेको यस लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ९ करोड ३२ लाख रुपैयाँ छुट्याएको छ। लघुवित्तले पुस मसान्तसम्ममा ८ करोड ४० लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा ६७ प्रतिशत बढेको छ भने जगेडा कोष ९४.४३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको निक्षेप समीक्षा अवधिमा ५८.५० प्रतिशत, सापटी ४७.७८ प्रतिशत र कर्जा ७१.६४ प्रतिशत बढेको छ।

खुद नाफा बढेपनि चुक्ता पूँजी उल्लेख्य बढेपछि लघुवित्तको प्रतिशेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ६० पैसा घटेर ५३ रुपैयाँ ५३ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मुल्य आम्दानी अनुपात ३४.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ १३ पैसा रहेको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया