एभरेष्ट बैंकको ऋणपत्रमा हालसम्म २ हजार बढी आवेदकबाट आवेदन, कति कित्ता खरिदमाग ?

२ बर्ष अगाडि

काठमाडौ, एभरेष्ट बैंकले ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा हालसम्म १२ करोड १६ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङ्गका अनुसार बैंकको ऋणपत्रमा पाँच दिनमै सो मात्राको आवेदन परेको जनाएको छ ।

जसमा हालसम्म अर्थात माघ ५ गते अपरान्ह ४ बजेसम्ममा २ हजार ३९२ जना आवेदकले १ लाख २१ हजार ६६९ थान ऋणपत्रको लागि आवेदन दिएका सीडीएस एण्ड क्लियरिङ्गले जनाएको छ ।

 ८ वर्ष अवधि रहने बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। 

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

२ बर्ष अगाडि

प्रतिक्रिया