कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयर भोलिदेखि बिक्रीमा, कति ?

२ बर्ष अगाडि

काठमाडौं-कर्पोरेट डेभलपमेण्ट बैंकले भोलि (शुक्रवार) देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले १ः१.५ अनुपातमा रू. १०० अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस २६ गते बुक क्लोज गरिसकेको छ । त्यसैले पुस २५ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै मेरो शेयरबाट हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । आवेदकले माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पूँजी रू. ५० करोड पुग्नेछ । 

२ बर्ष अगाडि

प्रतिक्रिया