मानुषी लघुवित्तमा ३ पदका १३ जना कर्मचारी माग,योग्यता कति ?

२ बर्ष अगाडि

काठमाडौं, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ३ पदका लागि १३ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले कनिष्ठ अधिकृत (शाखा प्रमुख)मा २ जना, बरिष्ठ सहायक (शाखा प्रमुख) मा ६ जना र कनिष्ठ सहायकमा ५ जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि कम्पनीले स्नातक तह उत्तिर्ण देखि एसइई उत्तिर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले सूचना प्रकाशित भएको दिन आजदेखि १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय वा कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सकिने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया