बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई मेडिप्लस अस्पताल १० प्रतिशतसम्म छुट

२ बर्ष अगाडि

काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा छुट पाउने भएका छन्।

बैंक अफ काठमाण्डू र मेडिप्लस अस्पतालबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत सम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो। यस सम्झौतापश्चात बैंकका ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन्। 

ग्राहकले छुट उपयोग गर्नका लागि बैंकको मोबाइल बैंकिङ तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। 

मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्की जिल्लाबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ।  

बैंक अफ काठमाण्डूले ९४ शाखा कार्यालय, ८४ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। 

२ बर्ष अगाडि

प्रतिक्रिया