आइएमई जनरलसहित यी कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

२ बर्ष अगाडि

काठमाडौं-साता अन्तिम कारोबारको दिन (बिहीबार) नेप्सेमा हरियाली छाएको छ । दोहोरो अंकले बढेको बजारमा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुनेमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको आज एकैदिन २२करोड २० लाख ५३ हजार ४१६ रुपैयाँको कारोबार भएको छ । 

यस्तै, अपि पावरको १८ करोड ४७ लाख, शिखर इन्स्योरेन्सको १७ करोड ६७ लाख, अरुण भ्याली हाइड्रोपावरको १६ करोड १० लाख र एनटिसिको १५ करोड ६७ लाख भन्दा माथिको कारोबार भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया