राजापुरमा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा

२ बर्ष अगाडि

काठमाडौं - राजापुर नगरपालिका वडा नं.४ बर्दियामा सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ शाखा बिस्तार गरेको छ । ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले बिहीवार उक्त शाखा संचालनमा ल्याएको हो ।

राजापुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०६ पुगेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया