ताप्लेजुङमा बैंकर्स क्लब गठन, अध्यक्षमा श्रेष्ठ

२ बर्ष अगाडि

ताप्लेजुङ - सरकारी निकाय पालिका र वडास्तरमा समन्वय सहकार्य गरी वितिय साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले ताप्लेजुङमा बैंकर्स क्लब ताप्लेजुङ गठन भएको छ ।

सनराईज बैङ्कका मेनेजर अनिल श्रेष्ठको अध्यक्षतामा शुक्रबार उक्त क्लब गठन भएको हो । उक्त समितिको उपाध्यक्षमा एनएमबी बैङ्कका कुल्दिप मादेन, सचिवमा प्रभु बैङ्कका किरन लिबाङ लिम्बु सहसचिवमा लक्ष्मी बैङ्कका सुदर्शन रिजाल, कोषाध्यक्षमा मेघा बैङ्कका रुपा लिम्बु र सहकोषाध्यक्षमा सोही बैङ्कका सोही बैङ्कका मुक्ति कार्की रहेको छन । 

कृषि विकास बैङ्क ताप्लेजुङका प्रमुखको आतिथ्यतामा उक्त समिति गठन भएको हो । समितिको सवै जना ताप्लेजुङका स्थानीय हुन ।

२ बर्ष अगाडि

प्रतिक्रिया