कोरोना कहर : एनआईसी एसिया बैंकका ३५ शाखा तथा विस्तारित काउन्टर बन्द

आइतबार, ०९ माघ २०७८, ११ : ३५

काठमाडौं, कोरोना भाइरसको संक्रमण दर बढ्न थालेपछि एनआईसी एसिया बैंकले ३५ वटा शाखा तथा विस्तारित काउन्टर बन्द गरेको छ। 

बैंकले आइतबार सूचना जारी गर्दै बाग्मती प्रदेशका २३ वटासहित देशका विभिन्न स्थानमा ३५ वटा शाखा तथा विस्तारित काउन्ट बन्द गरेको हो। 

बैंकका अनुसार बागमती प्रदेशमा बालाजु, ग्वार्को, कीर्तिपुर, न्युरोड (खिचापोखरी), ठूलो भर्याङ, बसेनी, हेटौँडा, महाराजगन्ज, पेप्सीकोला, गोदाबरी किटिनी, काँडाघारी, नारायणगढ, शंखमूल, गोठाटार, कौशलटार, नयौपाने गाउँ र सिनामंगल शाखा बन्द गरिएका छन्। 

यसैगरी बागमती प्रदेशकै धोबीघाट, थैव, लामाटार, इकाछु, लुभु र चन्द्रागिरी विस्तारित काउन्ट पनि बन्द गरिएको बैंकले जनाएको छ।

प्रदेश १ मा भने बैंकले पुष्पलाल चोक र रोडशेष चोक (विराटनगर) तथा धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका विस्तारित काउन्टर पनि बन्द गरेको छ।

प्रदेश २ मा महेन्द्रनगर (धनुषा) शाखा, गण्डकीमा डुम्रे शाखा, कर्णालीमा जुम्ला जोड शाखा तथा लुम्बिनी प्रदेशमा डिंगरनगर (तिलोत्तमा), रुन्द्रपुर, भैरहवा, देवकोटा चोक शाखा र मनिग्राम ४ नम्बर शाखा बन्द रहने बैंकले जनाएको छ।

यी शाखा तथा विस्तारित काउन्टरबाहेक देशका विभिन्न स्थानमा रहेका अन्य शाखा तथा विस्तारित काउन्टर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुलै रहने बैंकले स्पष्ट पारेको छ।

बैंकिङ आवश्यकताका लागि डिजिटिल माध्यमलाई पहिलो प्राथमिकतामा राख्न पनि बैंकले ग्राहकलाई आग्रह गरेको छ।

आइतबार, ०९ माघ २०७८, ११ : ३५

प्रतिक्रिया