चिलिमे जलविद्युतको ७.५ प्रतिशत बोनस सेयर शेयरधनीको खातामा, सेयर अभौतिकीकरण गर्न आग्रह

विहीबार, २६ फागुन २०७८, ११ : ३१

काठमाडौं - चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।

कम्पनीको पौष २३ गते सम्पन्न भएको पच्चीसौँ वार्षिक साधारण सभाले पारित गरेको ७।५ प्रतिशत बोनस सेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा फागुन २३ गतेदेखि नै जम्मा गरिएको कम्पनीले जनाएको छ । 

त्यसैगरी, कम्पनीले उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । 

विहीबार, २६ फागुन २०७८, ११ : ३१

प्रतिक्रिया