बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई होटेल एडम पोखरामा २०% छुट

आइतबार, २० चैत्र २०७८, १६ : ५०

बैंक अफ काठमाण्डू लिमिटेड र होटेल एडम पोखराबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ। 

यस सम्झौतापश्चात बैंकका ग्राहकले होटेल एडम पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ २० प्रतिशत छुट पाउनेछन्। उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

होटेल एडमले सेन्टर पोइन्ट, लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।  

हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालय, ८७ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। 

आइतबार, २० चैत्र २०७८, १६ : ५०

प्रतिक्रिया