कामना सेवा विकास बैंकको १३५औ शाखा चितवनमा

सोमबार, २१ चैत्र २०७८, ०८ : २१

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. २६ ज्योतिनगरमा १३५औ शाखा कार्यालय स्थापना गरी आज चैत्र २० गतेदेखि कारोबार शुभारम्भ गरेको छ । यो सँगै चितवन जिल्लामा बैंकको शाखा संख्या १० पुगेको छ ।  बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । 
 
Social Media Banking, Internet Banking, Moblie Banking, SMS Banking जस्ता विभिन्न Digitalमाध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकका यस संगै १३४ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ७ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सोमबार, २१ चैत्र २०७८, ०८ : २१

प्रतिक्रिया