माउन्टेन हाइड्रोको नाफा ५९३.१२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

१ बर्ष अगाडि

काठमाडौं - माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्मा ११ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९३.१२ प्रतिशतले बढी हो ।
गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ११.४० प्रतिशतले बढेर ४६ करोड ७५ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ४१ करोड ७ लाख रुपैयाँ रहेको थियो ।

चुक्तापुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ २ करोड ५७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । गत वर्ष पनि रिजर्भ १४ करोड २५ लाख रुपैयाँले ऋणात्मक थियो। 

कम्पनीको वार्षिकीकृत ईपीएस ९.१८ रुपैयाँ रहेको छ । पीई रेसियो ४०.४० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९७.९४ रुपैयाँ रहेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया